बुटवल । पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं सहसचिव भविश्वर पाण्डेले ५१ वर्ष उमेर पुगेपछि निजामती कर्मचारीलाई अवकाश दिने बहसप्रति प्रश्न उठाएका छन् । पाण्डेले सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको उमेरका कारण मात्रै उनीहरूको कार्यक्षमतामाथि प्रश्न उठाउन नहुने धारणा राखेका हुन् । उनले ६० वर्ष पुगेका जनरलले राष्ट्रिय सुरक्षासम्बन्धी रणनीति बनाउन र कार्यान्वयन गर्न सक्ने तथा ६० देखि ६५ वर्ष उमेरका न्यायाधीशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तलाई ध्यान दिँदै न्याय निरूपण गर्न सक्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले त्यसो भए निजामती कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने आधार के हो भन्दै प्रश्न गरेका छन् । पाण्डेले लेखेका छन्, ‘साँच्चै ५१ काटेका निजामती कर्मचारीकै कारण हाम्रो मुलुकको अपेक्षित उन्नति नभएको हो त