‘जीवन आफैंमा छोटो हुँदैन, यसलाई सार्थकता दिन नजान्दा मात्रै यो छोटो लाग्ने हो।’, प्रसिद्ध रोमन दार्शनिक सेनेकाले भनेका थिए। यही कालजयी भनाइको साक्षात् र सजीव प्रतिविम्ब हुन्– ९२ वर्षीय संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः।समयको भेलमा कति पुस्ता बगेर गए, तर ग्वंगः त्यस्तो अजम्बरी वटवृक्ष हुन् जसका जराहरू नेपालको रैथाने माटोमा गडेका छन् र हाँगाहरू विश्व–चेतनामा फैलिएका छन्। अक्षरहरूलाई क्रियापदको साङ्लोबाट चुँडाएर भावको स्वतन्त्र आकाशमा उडाउने अद्वितीय &lsquo