काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा पार्किङ गरी राखिएको माईक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।शुक्रबार बिहान करिब ८ :२५ बजेकाे समयमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक किनारमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानसँग ठोक्किएको थियो। ठक्करपछि दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल