कल्पेको स्विट्जरल्यान्ड, देखेको स्विट्जरल्यान्ड

  • शनिबार ३० साउन २०८३ ०१:०१ PM
स्विट्जरल्यान्ड बन्ने सपना देख्ने गरेका नेपालीको मनमा उस्तै पहाड, नदीनाला र भूअवस्थितिको सामीप्यता बढ्ता देखिन्छ। तर, स्विट्जरल्यान्ड बन्ने रहस्य उसको शिक्षा र सीपमा भेटिन्छ। सन् १९९५ मा रिलिज भएको शाहरूख खान र काजोल अभिनीत बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ (डीडीएलजे) ले उतिबेला हामीलाई धेरै हदसम्म स्विट्जरल्यान्डको सपना देख्न सिकायो।दक्षिणी छिमेकी भारतले एकातर्फ भर्खरै खुलापन अँगाल्न सुरु गरेको थियो भने अर्कोतर्फ उसको फैलँदो डायस्पोरामा भारतीयपन जोडी राख्ने चुनौती बहसमा