एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

  • शनिबार ३० साउन २०८३ ०६:२४ AM
काठमाडौं । एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ । सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ । जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो । तेक्वान्दोले एक रजतसहित १४ पदक