नुवाकोट दुर्घटना अपडेटः दुई महिलाको मृत्यु, तीन घाइते

  • शनिबार ३० साउन २०८३ ०६:३४ AM
विदुर– नुवाकोटको थानाभञ्ज्याङमा रोकिएको बस अचानक गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । बसले सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई समेत ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट तल भीरमा खसेका थिए । दुर्घटनामा तीन महिला घाइते भएका छन् । शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले