बाबुरामको टिप्प्णी-जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु विडम्बना

  • शनिबार ३० साउन २०८३ ०६:५० AM
काठमाण्डु – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले बाह्य रूपमा झन् मडारिँदै गएको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा बढ्दै गएको बताएका