इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

  • शनिबार ३० साउन २०८३ ०६:५३ AM
काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आएका धेरै पराकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । तर, राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीले भने एकजनाको मृत्यु र चारजना घाइते भएको जनाएको छ । भूकम्पका कारण घर तथा अन्य संरचना भत्किँदा मानिसहरू पुरिएका थिए ।