इन्डोनेसिया । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका छन् । समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ५ः५८ बजे फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पूर्वी नुसा ... The post इन्डोनेसिया भूकम्प : कम्तीमा ५ जनाको मृत्यु appeared first on Kalika Khabar.