महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन् । सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा २०७१ सालमा