आइएमई लाइफको बीमाशुल्क ३६.८६ प्रतिशतले बढ्यो, नाफामा भने झिनो सुधार

  • शनिबार ३० साउन २०८३ ०५:३६ AM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शनिबार सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.८६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ६५ करोड ५२ लाख