विगतका कुरालाई बिर्सिएर पार्टी एकता अपरिहार्य : महत

  • शनिबार ३० साउन २०८३ ०४:४८ AM
काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता प्रकाशशरण महतले पार्टी एकता अपरिहार्य रहेको बताएका छन् । शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विगतका कुरालाई बिर्सिएर पार्टी एकताका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । “समझदारीको बटमलाइन सजिलो थियो । अधिकार सम्पन्न स्टेरिङ कमिटी बनाऔँ ।” उनले भने । नेपाली कांग्रेसको आधिकारिकता रहेको ठाउँमा आत्मा नरहेको शरीर मात्रै रहेको उनले बताए । आत्मासहितको नेपाली कांग्रेस आवश्यकता रहेको भन्दै जोड्नै पर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । The post विगतका कुरालाई बिर्सिएर पार्टी एकता अपरिहार्य : महत appeared first on Kalika Khabar.