काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज पनि जारी रहेको छ। डा.शंशाक कोइरालाको अध्यक्षतामा सुकेधारामा जारी राष्ट्रिय भेलामा आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए। जारी बन्दसत्रमा पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक संरचना तथा आगामी रणनीति तय गर्न राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरूमाथि छलफल हुनेछ।