काठमाडौँमा बाँदर र मानव बिचको द्वन्द्व बढ्यो : मानवीय र दिगो व्यवस्थापनको काम गरिने कार्यवाहक प्रमुखको भनाइ

  • शनिबार ३० साउन २०८३ १०:४९ AM
काठमाडौँ । बाँदरसँग आफूहरु जुध्न नसक्ने बताउँदै स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौँ महानगरपालिकासँग अनुरोध गर्नुभएको छ । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा भएको वैठकमा उहाँहरुले बाँदरसँग सम्बन्धित मर्का सुनाउँदै भन्नुभयो, ‘छिनछिनमा आतंक मच्चाउँछन् । हुलका हुल, बथानका बथान घरभित्र छिर्छन् । एक पटक घरमा पस्यो भने ५ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्मको क्षति गर्छन् । घरबाट फलफुलको बास्ना आयो भने त झन उग्र हुन्छन् । र, जसरी पनि घरभित्र छिर्न खोज्छन् ।’ बाँदर र मानव बिचको द्वन्द्व सुनाउँदै उहाँहरुले भन्नुभयो, ‘अरु मानिसहरु चिडियाखानामा गएर तारबारभित्रका जंगली जनावर हेर्छन् । हामी स्वयम्भूबासी चाहिँ घरमा तारबार गरेर भित्र छौँ । हामीलाई बाँदरले बाहिरबाट  घरमा भए नभएको हेर्छन् । हामी बाँदर विरोधी होइनौँ । ती बाँदर नास्नु पर्छ भन्ने होइन । तर, उनीहरुको आतंकमा बस्न सक्ने अवस्थामा रहेनौँ । यसकारण व्यवस्थापन नगरी हुँदैन ।’ उहाँहरुको कुरा सुनिसकेपछि कार्यवाहक प्रमुख डंगोलले, बाँदरहरुको मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर दिगो समाधान खोजौँ । अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमूना कार्यक्रम थालनी गरौँ ।’ उहाँले भन्नुभयो, ‘अध्ययन गरेर कार्ययोजनाका साथ द्वन्द्व व्यवस्थापनको काम गरौँ । यसले दिगोपना प्रदान गर्नेछ ।’   ‘बाँदर व्यवस्थापनलाई हेर्ने दृष्टिकोण फरक फरक भएकाले यस अघि विभिन्न चरणमा वडा स्तरमा गरिएका छलफलले निष्कर्ष दिन सकेन ।’ वडा नं