भदौ १९ देखि नेपाल भलिबल लिग हुने

  • शनिबार ३० साउन २०८३ ०३:२० AM
काठमाण्डु – नेपाल भलिबल लिग (एनभीएल) भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ