सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अब सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने भएको छ। सरकारले सरकारी सेवा सहज, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा