विद्यमान कानुनबाटै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सकिने

  • शनिबार ३० साउन २०८३ ०३:४१ AM
नेपालमा विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको आन्तरिक खपत तथा अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउनुपर्नेमा ऊर्जा क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । उनीहरूले नयाँ कानुनको प्रतीक्षा नगरी विद्यमान विद्युत् ऐन, २०४९ कै व्यवस्थाअनुसार निजी क्षेत्रलाई पावर ट्रेडिङको अनुमतिपत्र दिन सकिने बताएका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना