देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरूपता ल्याउन जारी मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।