काठमाडौं : नेपालमा मनसुन लाग्नेबित्तिकै बाढी, पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ। तर सरकारी तथ्यांकले चालू मनसुन सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद्भन्दा बढी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय, यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवनरक्षक एन्टिभेनम सकिएर बिरामीको उपचारमा समस्या देखिएको छ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको साउन २३ गतेसम्मको पछिल्लो बुलेटिनअनुसार, चालू आर्थिक वर्ष २०८३ को वैशाख १