अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, केहीमा रात्रीकालीन आवागमन रोक

  • शनिबार ३० साउन २०८३ ०२:३७ AM
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा प्रमुख राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सडकमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्डमा वैकल्पिक