नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको जलुकिनीमा करेन्ट लागेर किसानको मृत्यु भएको छ। ककनी गाउँपालिका - १ जलुकिनीका किसान ४८ वर्षीय आइतराम बलामी आफ्नो घरबाट कामको लागि खेतबारीमा जाने क्रममा सडकमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। बलामीको घरदेखि करिब ५० मिटर पश्चिम सडकमा रहेको बिजुलीको बर्षातको कारण पोल ढलेर करेन्ट लागि घटनास्थलमै नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार बलामीको शव अस्पतालमा पोष्टमार्टम गरि परिवारजनको जि