भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाइरहँदा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा रहेका भारतीय नागरिक तथा भारतका नेपाली मित्रहरूलाई शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वतन्त्रता दिवसका अवसरमा जारी सन्देशमा राजदूत श्रीवास्तवले पछिल्लो एक वर्षमा नेपालमा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमको उल्लेख गर्दै भारत नेपालसँगको आफ्नो सम्बन्धलाई उच्च