देउवा–कोइरालाको रणनीतिक निकटता

  • शनिबार ३० साउन २०८३ ०७:०० AM
काठमाडौं : कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा रहेकै बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले शुक्रबार राष्ट्रिय भेलाको आयोजना गर्‍यो। पार्टी विभाजन रोक्नुपर्ने र पुरानो संरचनालाई पुनः एकीकृत गर्नुपर्ने देउवापक्षीय नेताहरूको जोड रह्यो। भेलाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सन्देश भने पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति देउवाको पुनः केन्द्रीय भूमिकामा देखिएको सक्रियता हो। देउवाले स्वयं पार्टीभित्र भावनात्मक एकता आवश्यक रहेको भन्दै कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता दुवै