रास्वपा सांसद सुनारको आक्षेपमा गृह प्रशासन ‘सिरियस’

  • शनिबार ३० साउन २०८३ ०७:०० AM
काठमाडौं : संसदीय समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव र प्रहरी प्रमुखहरूप्रति आक्षेपलाई गृह प्रशासनले निकै गम्भीर लिएको छ । गृहमन्त्री सुधन गुरुङले कुनै आधार र कानुनी प्रक्रिया पूरा नगरी उजुरी वा आरोपकै भरमा चरित्रहत्या गर्ने छुट कसैलाई नभएको भन्दै आपत्ति जनाएका हुन्।शुक्रबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री गुरुङले उजुरीको भरमा कसैमाथि आक्षेप लगाउन नमिल्ने बताए। ‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दै