आज यी स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुराेध

  • शनिबार ३० साउन २०८३ ०७:०० AM
काठमाडौं : हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर नेपाल नजिक रहेको छ।  जसकाे प्रभावका कारण अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशसहित गण्डकी र लुम्बिनीका तराई भू-भागमा भने आंशिक बदली रहेको छ।हाल कोशी, बागमती