भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालिएको छ । दैनिक औसत २५ हजार र मेला अवधिभरमा डेढ लाख हाराहारी अवलोकनकर्ता आउने अपेक्षा गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले चौथो दिनसम्मको आगमनलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि विशेष तयारी थालेको हो ।