मधेस प्रदेशका कर्मचारीको बढ्यो तलब

  • शुक्रबार​ २९ साउन २०८३ १०:०१ PM
काठमाडौं : मधेस प्रदेश सरकारले प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गरिएको नीतिगत व्यवस्थाअनुसार साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब बढाउने निर्णय गरेको हो।प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका सम्पूर्ण श्रेणी र तहका कर्मचारीको सुरु स्केलको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरी नयाँ तलबमान, ग्रेड रकम तथा अधिकतम ग्रेड सङ्ख्या स्वीकृत गरिएको मुख्यमन्त्री तथा मन्त