काठमाडौं । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि