काठमाण्डु– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमासम्बन्धी नयाँ आबद्धता, नवीकरण तथा बिमितको विवरण अद्यावधिक गर्ने कार्य अब अनलाइनमार्फत मात्रै हुने जनाएको छ। बोर्डका अनुसार आजदेखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा डिजिटल माध्यमबाटै लिन सकिनेछ। राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राही स्वयं वा दर्ता सहयोगीले घरबाटै स्वास्थ्य बीमाको प्रक्रिया पूरा गर्न सक्नेछन्। बीमा शुल्क भुक्तानीका लागि इसेवा,