नेपाल आयल निगमले काठमाडौं जिल्लामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि भोलि विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा काठमाडौं जिल्लाका विभिन्न स्थानहरूबाट ग्यास सिलिन्डर बिक्री गर्न लागिएको हो। अत्यावश्यक परेका उपभोक्ताहरूले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन्।उपभोक्तालाई अनावश्यक रूपमा लाइनम