काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विगतमा केही पनि भएन भन्ने भाष्य गलत भएको बताएका छन्। उनले कांग्रेसले देशमा विभिन्न कालखण्डमा भएका क्रान्तिको नेतृत्व गरेर जनताको अधिकारका लागि लडेको बताए।शुक्रबार काठमाडौंमा आयोजित संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै देउवाले २००७ सालको क्रान्तिदेखि २०४६, २०६२/०६३ र २०७२ सालका आन्दोलनसम्म कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।‘कांग्रेसले विगतमा के गर्यो भन्ने कुरा २००७ सालको क्रान्तितिर जानुपर्छ। त्यसबेला रा