काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राजाकै कारण मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको दाबी गरेका छन् । शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् । उनले गणतन्त्र आउनुमा आफ्नो भन्दा नेपाली जनताको ठूलो हात रहेको बताए । आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई संवैधानिक