नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान वैचारिक तथा संगठनात्मक मतभेदलाई अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निर्णायक हुने बताएका छन् । पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता लेखकले देशको वर्तमान परिस्थिति जटिल रहेको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतन्त्र र राष्ट्रिय एजेण्डाहरूलाई सम्बोधन