काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुने बताएका हुन् । उद्घाटन सत्रमा बोल्दै नेता सिंहले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र