काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान समयमा देशको अस्तित्व र राष्ट्रियता सङ्कटपूर्ण अवस्थामा रहेको बताएका छन् । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक परिस्थितिलाई चिर्न कांग्रेस एकजुट हुनुको विकल्प नभएको उल्लेख गरे । नेता कोइरालाले स्वास्थ्य उपचारपश्चात् करिब पाँच महिनापछि स्वदेश फर्किएका