भोलि काठमाडौंका यी स्थानमा ग्यास वितरण गरिने

  • शुक्रबार​ २९ साउन २०८३ ०२:०३ PM
काठमाडौं । नेपाल आयल निगमले साउन ३० गते शनिबार (भोलि) काठमाडौंका विभिन्न स्थानमा ग्यास वितरण गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा निगमले खाना पकाउने एलपी ग्यासको अभाव देखिएका उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउन लागेको हो । निगमका अनुसार निगमको टेकु परिसर, यातायात कार्यालय परिसर, चाबहिल, राधास्वामी, कीर्तिपुर परिसर, राधास्वामी, बसुन्धरा परिसर तथा पुरानो