काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उनले सरकारका सबै काम कारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै हुने स्पष्ट पारे । मन्त्री पोखरलेले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर