काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताए । “आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ ।