चार सातादेखि तातोपानी नाका अबरुद्ध

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०० PM
सिन्धुपाल्चोक : नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरनिको राजमार्गको बाह्रविसे–कोदारी सडक खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि चार साता यता तातोपानी नाका ठप्प बनेको छ। भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देश बीचको सडक सञ्जाल टुटेको थियो। त्यस्तै अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेबाट र लिपिङ बजार नजिकै साउन १९ गतेबाट वर्षाका कारण सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत