काठमाडौँ । देशभरका कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र उनीहरूको आधारभूत मानव अधिकार समेत सुनिश्चित हुन नसकेको भन्दै सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । संघीय संसदका विभिन्न संसदीय समितिका बैठकहरूमा सांसदहरूले कारागारको दयनीय भौतिक पूर्वाधार, स्वास्थ्य सुविधाको अभाव र कानूनी जटिलताका कारण कैदीबन्दीहरूले कष्टकर जीवन बिताउनुपरेको उल्लेख गरेका हुन् । ज्येष्ठ नागरिक, गम्भीर बिरामी