नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन आग्रह

  • शुक्रबार​ २९ साउन २०८३ १२:०५ PM
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत सुधार र पूर्वाधार विकासका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका