सशस्त्र प्रहरीद्वारा एक वर्षमा पौने २ अर्बको अवैध सामान बरामद

  • शुक्रबार​ २९ साउन २०८३ ११:४० AM
सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरीका विभिन्न इकाइले नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा सञ्चालन गरेको कारबाहीबाट उक्त सामान बरामद गरी भन्सार, राजस्व कार्यालय तथा सम्बन्धित निकायमा बुझाइएको हो।