अरौंदी खोलाले मोटरसाइकलसहित युवक बगायो

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०१ PM
स्याङ्जा: पुतलीबजार नगरपालिका-१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित चालकलाई बगाएको छ। खोलाले बगाउँदा मोटरसाइकल चालक सलिम मगर वेपत्ता भएका छन्। बिहीबार राति करिब १० बजेतिर ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका -३ निवासी २१ वर्षीय मगर बेपत्ता भएका हुन्। उनीसँगै सोही स्थानका १७ वर्षीय समिप शाही सकुशल रहेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।  झण्डै एक सय मिटर तल मोटरसाइकल भने फेला परेको छ। वेपत्ता मगरको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीको खोजि कार