सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र ४ मन्त्रीले लिए शपथ

  • शुक्रबार​ २९ साउन २०८३ १०:४६ AM
काठमाण्डु– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका छन् । आजै मुख्यमन्त्री नियुक्त भएका भट्टले शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि कांग्रेस र एमालेबिच रहेको गठबन्धन सरकारमा बजेटको विवाद उत्कर्षमा पुगेर टुटेको थियो।