मन्त्री मेहतासँग युएनएफपीएका प्रतिनिधिको शिष्टाचार भेट

  • शुक्रबार​ २९ साउन २०८३ ०३:४२ PM
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।   मन्त्री मेहताको कार्यकक्षमा आज अपराह्न भएको भेटमा उनीहरूबीच महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । मन्त्री मेहताको सचिवालयका अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार,परिवार नियोजन तथा लैङ्गिक समानता सुनिश्चितता, मानसिक स्वास्थ्य सेवाबारे पनि छलफल भएको थियो ।