पहिरोमा पुरिएका तीनजनाको शव फेला

  • शुक्रबार​ २९ साउन २०८३ ०९:२७ AM
रोल्पा । रोल्पामा आज बिहान पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । सुनछहरी गाउँपालिका–२ फलबाङमा वीरू घर्तीको घर पहिरोले पुरिँदा बेपत्ता भएका तीजनाको शव फेला परेको हो । मृत फेला पर्नेमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर छन्। हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना बैपत्ता छन्। The post पहिरोमा पुरिएका तीनजनाको शव फेला appeared first on Kalika Khabar.