काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन समिति बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव तथा प्रहरी प्रमुखप्रति भएको व्यवहार र प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले उजुरी वा आरोप लाग्दैमा जोकोहीलाई दोषी करार गरेर चरित्र हत्या गर्न नमिल्ने र न्यायिक/कानुनी प्रक्रिया पूरा नगरी समितिमा य