कान्छारामले कसैलाई नसोधी देउवाको नेमप्लेटमा लेखिदिए ‘सभापति’

  • शुक्रबार​ २९ साउन २०८३ ०९:५६ AM
काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिना विदेश बसेर बिहीबार फर्किएपछि उनलाई स्वागत गर्न चुनदेवीमा तयार पारिएको सम्पर्क कार्यालयमा राखिएको ‘सभापति’ को नेमप्लेटबारे कांग्रेसभित्र चलेको चर्चाको पटाक्षेप भएको छ । रामेछाप कांग्रेसका निवर्तमान सभापति तथा पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले उक्त नेमप्लेट आफूले कसैलाई नसोधी राखेको बताएका छन् । संस्थापनइतर पक्षको शुक्रबारबाट राजधानीमा