काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रवार काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए । जसअनुसार राष्ट्रिय टोलीको एक दिवसीय (ओडिआई) फम्र्याटको कप्तानीको जिम्मेवारी