काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले नवनियुक्त पदाधिकारीको कार्य विभाजनसहित राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा भएको बैठकले विभागीय जिम्मेवारी तोकेको हो । नयाँ जिम्मेवारीअनुसार उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सदस्यसचिव डा रोशन शेरचनलाई दर्शन, प्राज्ञ प्रतिसरा सामयीलाई लोक साहित्य तथा नारी लेखन, प्राज्ञ डा कृष्णराज